Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने बागमतीका खेलाडीलाई मन्त्री तामाङद्वारा शुभकामनासहित बिदाइ

दशौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने बागमतीका खेलाडीलाई मन्त्री तामाङद्वारा शुभकामनासहित बिदाइ

काठमाडौं : बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरिबहादुर तामाङ (ज्ञानुजङ लामा) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेश जाने बागमतीका खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ ।काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित कार्यक्रममा मन्त्री तामाङले प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

खेलाडीहरू प्रदेशको गौरव र पहिचान भएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बागमती प्रदेशको प्रतिष्ठा बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।मन्त्री तामाङले खेलाडीहरूको मेहनत, अनुशासन र लगनशीलताले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै प्रतियोगितामा सफलताको शुभकामना दिनुभएको वागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट