Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

भारत भ्रमणको तयारी भइरहेका बेला प्रधानमन्त्री बालेनलाई चीनको पनि निम्तो, भ्रमणका लागि कूटनीतिक पहल

भारत भ्रमणको तयारी भइरहेका बेला प्रधानमन्त्री बालेनलाई चीनको पनि निम्तो, भ्रमणका लागि कूटनीतिक पहल

काठमाडौँ  :  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भारत भ्रमणकाे अन्तिम तयारीमा रहेका बेला चीनले पनि भ्रमणका लागि पहल सुरु गरेको छ । 

बालेन प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै चीनले पनि भ्रमणका लागि निम्तो दिएको थियो । त्यतिबेला प्रधानमन्त्री शाहले एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने बताएका थिए । त्यसपछि भ्रमणको तयारी स्थगित भएको थियो । अहिले चीनले प्रधानमन्त्री शाहलाई भ्रमण गराउन पहल थालेको छ ।

त्यसका लागि चिनियाँ राजदूत झाङ माओमिङ नेपालमा सक्रिय भएर लागेका छन् । उनले यस विषयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर तथा प्रधानमन्त्री कार्यालयसँग छलफल चलाई सकेका छन् । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चीनले प्रधानमन्त्री बालेनलाई छिट्टै भ्रमण गराउन चाहेको छ त्यसका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल भएको छ । परराष्ट्र मन्त्रालय सामान्य तयारी पनि थालिसकेको छ ।

राजदूत माओमिङ मंसिर ३ गते परराष्ट्रमन्त्री खनालसँग भेट गरेका थिए । त्यसपछि उनले अर्थमन्त्री वाग्लेसँग भेट गरेका थिए । दुवै भेटमा उनले भ्रमणका लागि प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

चीनको मुख्य विषय बीआरआइ हो । अहिलेको वर्तमान सरकारले बीआरआइको बारेमा कुनै छलफल गरिरहेको छैन । चीनले यसको लागि पटक पटक चासो लिइरहेको छ । सरकार गठन भए लगतै चीनले विभिन्न माध्यमबाट बीआरआइ कार्यान्वयनका लागि पहल थालेको थियो तर सरकारले खासै चासो लिएको छैन । त्यसका लागि चीनले उच्च स्तरीय भ्रमणहरू गराउन चाहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मन्त्रीहरूले चीनको भ्रमण गरिसकेका छन् । अहिले २० जना सांसद चीन भ्रमणमा छन् । रास्वपाका सभापति रवि लामिछानेलाई पनि चीनको भ्रमण गराउन चाहेको थियो । त्यसको तयारी पनि थालिसकेको थियो । लगभग मिति नै तय भइसेको थियो । औपचारिक मिति घोषणा गर्न बाँकी थियो । तर अचानक उनको भ्रमण स्थगित भएको थियो । अब चीनले प्रधानमन्त्री बालेनलाई नै भ्रमण गराउन चाहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट