Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै

काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ ।आगामी मंसिर २६ गते शनिबार बिहान ११ बजे काठमाडौंको जोरपाटीमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरूले गायन, नृत्य, सांस्कृतिक प्रस्तुति तथा अन्य सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।

संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूलाई सहायताका अपेक्षीका रूपमा मात्र नभई प्रतिभा, क्षमता र सिर्जनशीलताले सम्पन्न नागरिकका रूपमा स्थापित गर्नु हो । यसबाट उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सामाजिक सहभागिता र समान अवसर प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, संरक्षण, पुनर्स्थापना, सीप विकास तथा सामाजिक समावेशीकरणका क्षेत्रमा युवा अपाङ्ग संगठन–नेपाल विगत १८ वर्षदेखि सक्रिय छ । संस्थाले २०७१ सालमा नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मानसमेत प्राप्त गरेको जनाएको छ ।‘अपाङ्गता कमजोरी होइन, अवसर पाए प्रतिभा र क्षमताको पहिचान हो’ भन्ने सन्देशसहित आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरूले फोन वा इमेलमार्फत नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट