Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

चुनावपछि जनतामाझ फर्किइन् रेनु दाहाल, सुरु गरिन् कार्यकर्ता भेटघाट र जनगुनासो सुन्ने अभियान

चुनावपछि जनतामाझ फर्किइन् रेनु दाहाल, सुरु गरिन् कार्यकर्ता भेटघाट र जनगुनासो सुन्ने अभियान

भरतपुर : भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर एवं नेकपाकी नेतृ रेनु दाहाल चुनावपछि पुनः आफ्नो क्षेत्रका नागरिक र पार्टी कार्यकर्तामाझ सक्रिय देखिएकी छन्।

दाहालले आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट, छलफल तथा जनताका गुनासा सुन्ने र बुझ्ने अभियान सुरु गरेकी छन्। यसै साता चुनावपछि पहिलोपटक महिला समूहको एक कार्यक्रममा सहभागी हुँदै उनी पुनः जनतामाझ पुगेकी हुन्।

कार्यक्रममा बोल्दै दाहालले आफू हिजो पनि जनताकै बीचमा रहेको र आगामी दिनमा पनि निरन्तर जनतासँगै रहने बताइन्। आफूले जिम्मेवारीमा रहँदा सकेसम्म जनताको हितमा काम गरेको उल्लेख गर्दै उनले भनिन्, “म हिजो पनि जनतामाझ थिएँ, आज पनि छु र भोलि पनि यही रूपमा जनताकै बीचमा रहनेछु। सकेको जनताको हितमा गरेकै हो।”

यसैक्रममा दाहालले आज नेकपा भरतपुर महानगरपालिका वडा नम्बर १६ को बैठकसमेत सम्पन्न गरेकी छन्। बैठकमा पार्टीका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीका एजेन्डा र नीतिकै आधारमा मुलुकमा परिवर्तन सम्भव भएको बताइन्।

चुनावपछि संगठन सुदृढीकरण, कार्यकर्तासँगको संवाद र जनताका समस्या प्रत्यक्ष सुन्ने अभियानलाई निरन्तरता दिने उनको सक्रियताले भरतपुरको स्थानीय राजनीतिक वृत्तमा चासो बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट