Logo

Nov 30 2026 | २०८३, मंसिर १५गते

दशौँ राष्ट्रिय खेलकुदः आज नौ खेलमा प्रतिस्पर्धा हुँदै

दशौँ राष्ट्रिय खेलकुदः आज नौ खेलमा प्रतिस्पर्धा हुँदै

सुर्खेतः कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आज विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ। सुर्खेतसहित बर्दिया र रुकुम पश्चिममा खेल सञ्चालन गरिनेछ।

यसदिन सुर्खेतस्थित वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन्। महिला क्रिकेटका खेल बिहान ९ र दिउँसो १ः३० बजे सञ्चालन गरिनेछ। महिला बास्केटबल बिहान ९ बजेदेखि सुरु हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।

सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ र दोस्रो दिउँसो २ः३० बजे सञ्चालन हुने तालिका छ। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ।

मुख्य कभर्ड हलमा बक्सिङ, मिनि कभर्ड हलमा जिम्न्यास्टिक तथा ब्याडमिन्टन कभर्ड हलमा फुल कन्ट्याक्ट कराँतेका खेल सञ्चालन गरिनेछ। यी खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ। कर्णाली प्रदेशबाहिर बर्दियामा टेनिसका खेल बिहान ९ बजेदेखि सञ्चालन गरिनेछ। रुकुम पश्चिमको चौरजहारीमा शारीरिक सुगठन प्रतिस्पर्धा बिहान ८ बजेदेखि सुरु गरिने राखेपले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट