Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन् ।
यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर  २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट