Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

छोराले दाउराले हान्दा डोटीमा बुवाको ज्यान गयो

छोराले दाउराले हान्दा डोटीमा बुवाको ज्यान गयो

धनगढी :  डोटीको बोगटान फुड्सिल गाउँपालिकामा छोराको प्रहारबाट बुवाको मृत्यु भएको छ । घरायसी विवादका क्रममा छोराले दाउराले टाउकोमा प्रहार गर्दा घाइते भएका बुवाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार बिहान करिब ११ बजे बोगटान फुड्सिल गाउँपालिका–६ गगुडा डोलागडाका ५० वर्षीय रणबहादुर चन्दलाई उनका २३ वर्षीय छोरा विकासबहादुर चन्दले दाउराले टाउकोमा प्रहार गरेका थिए ।

घाइते रणबहादुरलाई उनकी श्रीमतीले उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल पुर्‍याएकी थिइन् । अस्पतालले थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएपछि डडेल्धुरा लैजाने क्रममा शुक्रबार साँझ करिब ५ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्दा शनिबार मात्रै घटनाको विवरण खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए । मृतकको डडेल्धुरा अस्पतालमा पोस्टमार्टमपछि शव उनकी श्रीमतीले बुझिसकेकी छन् ।

घटनामा संलग्न रहेको आरोपमा विकासबहादुर चन्दलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट