Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

मधेश प्रदेश प्रहरी प्रमुखसहित सुरक्षा निकायका प्रमुखद्वारा सप्तरीको सीमा क्षेत्र निरीक्षण तथा अनुगमन

मधेश प्रदेश प्रहरी प्रमुखसहित सुरक्षा निकायका प्रमुखद्वारा सप्तरीको सीमा क्षेत्र निरीक्षण तथा अनुगमन

सप्तरी : मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेका छन्।
२०८३ मंसिर ११ गते सम्पन्न निरीक्षण तथा अनुगमन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट, राष्ट्रिय अनुसन्धान विभाग मधेश प्रदेशका प्रमुख माधव तिमिल्सिना, सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतको सहभागिता रहेको थियो।
त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्का, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख तथा स्थानीयवासीहरूको समेत उपस्थिति रहेको थियो।
संयुक्त निरीक्षण तथा अनुगमनका क्रममा सीमा क्षेत्रको वस्तुस्थिति र सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिइएको थियो

931448186_2401759893909128_8930543950938612146_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट