Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ :  सार्वजनिक यातायातमा यात्रुका नगद, मोबाइल, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार गर्ने अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।


सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

Laxmi sunrise bank
पक्राउ पर्नेमा काठमाडौँका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौँको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट उनीहरू पक्राउ परेका हुन् ।

त्यस्तै, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट