काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिला काठमाडौँमा मात्र खेलकुद केन्द्रित हुने गरेको र कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुसीको क्षण रहेको बताएका छन्।राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिवार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुदमन्त्री सस्मित पोखरेलले पहिले खेलकुद काठमाडौँ केन्द्रित हुने गरेको उल्लेख गर्दै अब त्यसबाहिर पनि खेल आयोजनाको शुरुवात भएको दाबी गरे। त्यसमा पनि कर्णाली प्रदेशमा राष्ट्रिय खेलकुद हुनु खुसीको क्षण रहेको उनको भनाइ छ।
मन्त्री पोखरेलले कर्णाली प्रदेशको सुर्खेतमा मात्र राष्ट्रिय खेलकुदका खेल आयोजना सीमित नगरिएको र कर्णालीका अन्य जिल्लामा पनि खेल प्रतिस्पर्धा पुर्याइएको उनको भनाइ छ। जुम्लाका जनता त्यहाँ खेलकुद हुँदा झन् उत्साहित हुने मन्त्री पोखरेलले बताए। कर्णालीको सुर्खेतमा मात्र खेल हुनुपर्छ भन्नु संकुचित सोच हुने उनले उल्लेख गरे।
उक्त कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी उपस्थित थिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले दशौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहबारे जानकारी दिए।
कर्णाली प्रदेश रंगशाला हातामा उद्घाटन सत्रमा खेलहरू नहुने उनको भनाइ छ। आगामी मंसिर १६ गते कर्णाली रंगशालामा भव्य समारोहबीच उद्घाटन हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij