Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

ग्रीन फिल्ड सेकेन्डरी इङ्ग्लिस स्कुलद्वारा एपोलो मुग्लिङ युथ एसोसिएसनलाई जर्सी प्रायोजन

ग्रीन फिल्ड सेकेन्डरी इङ्ग्लिस स्कुलद्वारा एपोलो मुग्लिङ युथ एसोसिएसनलाई जर्सी प्रायोजन

मुग्लिन : समुदाय र खेलकुद विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै ग्रीन फिल्ड सेकेन्डरी इङ्ग्लिस स्कुल, मुग्लिङले एपोलो मुग्लिङ युथ एसोसिएसनलाई खेल जर्सी प्रायोजन गरेको छ।एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक राम थापाले एसोसिएसनका प्रतिनिधिलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । जर्सी हस्तान्तरण गर्दै प्रधानाध्यापक थापाले खेलकुदले युवाहरूमा अनुशासन, नेतृत्व क्षमता र सकारात्मक सोचको विकास गर्ने भएकाले विद्यालयले यस्ता गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको बताउनुभयो ।

उहाँले एपोलो मुग्लिङ युथ एसोसिएसनको उज्ज्वल भविष्यको कामना गर्दै आगामी प्रतियोगिता तथा खेल गतिविधिमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

एसोसिएसनका पदाधिकारीहरूले विद्यालयले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

d9ef0865-606f-4b3e-aeb6-3540ee16df6a.jfif

undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट