काठमाण्डाै : शेयर बजार तीन कारोबार दिनपछि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१.१९ अङ्कले घटेर २ हजार ६१२.४२ विन्दुमा झरेको छ ।पूँजीबजार सुधार लागि २१ बुँदे कार्ययोजना घोषणा भएपछि हिजो बढेको नेप्से आज घटेको हो ।
आज सबै समूहको उपसूचक घटेकोमा जलविद्युत् र जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।आज २२५ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ । यस्तै १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज एनएमबी हाइब्रिड फन्ड एल–१ को शेयर ७.७३ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन नारायणी विकास बैंकको शेयर ६.३७ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीको १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij