Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा पक्राउ

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँका छोरा पक्राउ

काठमाडौं :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा दिक्षान्त बाँनियालाई पक्राउ गरेको छ।उनी नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बाँनियाका छोरा हुन्।

विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको अभियोगमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

सिआइबी स्रोतका अनुसार दिक्षान्तले विभिन्न बैंकबाट लिएको ३० करोड रुपैयाँभन्दा बढी कर्जा दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीमाथि बैंकिङ कसुरसम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट