Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

तालमा डुबेर बालिकाको मृत्यु

तालमा डुबेर बालिकाको मृत्यु

लमही : लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई चारो खुवाउने क्रममा आज तालमा खसेर एक बालिकाको मृत्यु भएको छ।परिवारसँगै पिकनिक (वनभोज) खान गएकी गढवा गाउँपालिका–२, कोठरीकी ६ वर्षीया कृतिका चौधरीको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार अभिभावकसँग जखेरा ताल पुगेकी कृतिका तालको किनारबाट माछालाई चारो खुवाउने क्रममा चिप्लिएर तालमा खसेकी थिइन्।

बालिका तालमा खसेलगत्तै उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बालिकाको शव परीक्षणका लागि लमही अस्पतालमै राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट