Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर

मकवानपुर : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले करको दर बढाएर मात्र राज्यको राजस्व वृद्धि सम्भव नहुने बताएका छन्।उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।


राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आज आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापामगरले कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने बताए।

करको भार बढाउनुभन्दा कर तिर्न सक्ने नागरिक र व्यवसायको सङ्ख्या बढाउने नीति आवश्यक रहेको उनको भनाइ थियो।

यस वर्षको कर दिवसको नारा ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij