चितवन : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चितवन राइनोजको को–स्पोन्सरका रूपमा निरन्तरता पाएको छ । चितवन राइनोजले मंगलबार एक कार्यक्रमबीच हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको साझेदारीलाई एनपीएलको आगामी सिजनमा पनि निरन्तरता दिने औपचारिक घोषणा गरेको हो । क्लबका अनुसार निरन्तर सहकार्यले दुवै संस्थाबीचको बलियो सम्बन्ध, आपसी विश्वास तथा नेपाली क्रिकेटको विकास र प्रवर्द्धनप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ ।
साझेदारीसम्बन्धी समझदारीपत्र (एमओयू) मा चितवन राइनोजका क्लब अध्यक्ष आयुष न्यौपाने र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
चितवन राइनोजले हिमालयन एभरेष्ट इन्स्योरेन्सले निरन्तर गर्दै आएको विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै एनपीएल सिजन ३ मा सहकार्य थप प्रभावकारी र सफल हुने अपेक्षा गरेको जनाएको छ ।
चितवन र मकवानपुरलाई आधार बनाएर एनपीएलमा प्रतिस्पर्धा गर्दै आएको चितवन राइनोजले आगामी सिजनका लागि तयारीलाई तीव्र बनाएको छ । क्लबले नयाँ सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेलाडी छनोट तथा अन्य तयारीलाई अघि बढाइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij