Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

काठमाडौँ :  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ। सोमबार निगमले प्रेस विज्ञप्ति जारी गर्दै हालको स्थितिमा पाक्षिक (१५ दिन) रुपमा रु. १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने देखिए पनि साविककै मूल्य कायम गरिएको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएको थियो। तर, चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राख्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ । सोही कारण आईओसीबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले स्पष्ट पारेको छ।

हाल काठमाडौँमा पेट्रोल र डिजेलको मूल्य २०० रुपैयाँ प्रतिलिटर रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट