Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

अफगानिस्तानमा तीन ट्रिलियन डलरभन्दा बढीका प्राकृतिक स्रोत

अफगानिस्तानमा तीन ट्रिलियन डलरभन्दा बढीका प्राकृतिक स्रोत

एजेन्सी : अफगानिस्तानमा उपलब्ध तेल, गैस, धातुहरू, कच्चा पदार्थ, खनिज र अन्य प्राकृतिक स्रोतहरुको मूल्य तीन ट्रिलियन डलर भन्दा धेरै रहेको आंकलन गरिन्छ। 

अफगानिस्तानलाई लामो समयदेखि प्राकृतिक स्रोतले भरिपूर्ण भएर पनि अर्थव्यवस्था कमजोर रहेको देशका रूपमा चिनिन्छ। ती स्रोतहरुको एउटा ठूलो हिस्सा अहिलेपनि जमिनमुनि छ र त्यसलाई बाहिर निकाल्ने काम शुरु भएको छैन।

प्राकृतिक स्रोतहको भण्डारको वास्तविक मात्रा र मूल्यका सन्दर्भमा फरक फरक अनुमान गरिएको पाइन्छ। यदि देशसँग तीन ट्रिलियन डलरको स्रोत र सरकारको वार्षिक सामान्य र  विकास बजेट करीब १० अरब डलर छ भने, उसलाई लगभग ३०० वर्षसम्म विदेशी आर्थिक सहयोगको आवश्यकता पर्ने छैन। 


कुन प्रान्तमा कस्तो स्रोत ?

अफगानिस्तानको खनिज भण्डारहरुमा पहिलो पटक ठूलो मात्रामा खोज पूर्व सोभियत संघको क्रममा गरिएको थियो। त्यस अनुसन्धानका क्रममा देशको भिन्नाभिन्नै क्षेत्रको भूवैज्ञानिक नक्सा तयार गरियो। 

चट्टानहरू र जमीनको तहहरूको आँकलन गरियो, हवाइ सर्वेक्षण र खनिजा भण्डारहरुको खोजि गरिएको थियो। तिनमा केही अनुसन्धान दस्तावेज अफगानिस्तानको उत्खनन मन्त्रालयको पुस्तकालयमा सुरक्षित छन्।

सोभियत संघको फिर्तीपछि केही अन्य दस्तावेज रूस लगियो। त्यसपछि पनि अफगानिस्तानको प्राकृतिक स्रोतहरुको खोजी र अनुसन्धान जारी छ। 

प्राकृतिक स्रोतहरूका चार हिस्सा

सन् २००७ मा एक सर्वेक्षण गरिएको थियो। त्यसपछि २०११ मा अफगानिस्तानको भूवैज्ञानिक सर्वेक्षण र अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले पनि अध्ययन गरे। 

ति अनुसन्धानहरुका आधारमा अफगानिस्तानमा सुन, तामा, फलाम, आल्यूमीनियम, सीसा, जस्ता, टिन, टंगस्टन र पाराको भण्डारहरुको पहिचान गरिएको छ। यसका साथै देशमा तेल र ग्यासका भण्डार पनि छन् ।

पहिचान गरिएका धातुहरुमा सुन, तामा, फलमा, आल्मुनियम, जस्ता, सीसा र अन्य धातुहरु छन् भने मूल्यवान पत्थरहरुमा ल्यापिस लाजुली, पन्ना, माणिक र अन्य पत्थर रहेका छन्। यस्तैगरी लिथियम, यूरेनियम र अन्य दुर्लभ तत्व, तेल, गैस र कोइलाका खानीहरु अफगानिस्तानसँग रहेका प्राकृतिक स्रोतहरू हुन्। 

अफगानिस्तानमा सुनको धेरै खानीहरु बदख्शां र तखारका केही क्षेत्रहरुमा छन्। यसका अतिरिक्त जाबुल र गजनीमा २,७०० किलोग्राम शुद्ध सुनको भण्डारको पहिचान गरिएको छ।

अफगानिस्तानमा सुनको कुल भण्डार करिब ६८२ टन रहेको अनुमान गरिन्छ। देशभित्र तामा यस्ता केही खानीहरु पनि छन्, जसमा सुन रहेको छ। सुनको हालको अन्तराष्ट्रिय मूल्य अनुसार प्रमाणित भइसकेका भण्डारहरुको मूल्य नै झण्डै १०७ अर्ब डलर रहेको छ। 

अहिले सुनका उत्खनन खासगरी अफगानिस्तानको बदख्शा प्रान्तमा भइरहेको छ। केही समयअघि  तालिबान सरकारको जल र उर्जा प्रधानमन्त्री मोहम्मद यूनुस अखुन्दजादाले उनको सरकारले बदख्शांबाट हरेक महिना कयौ टन सुन निकालिरहेको बताएका थिए। 

तखार प्रान्तमा ‘चा आब’ नामको सुनको खानी छ, जहाँ ३१ टन सुनको भण्डार रहको अनुमान गरिएको छ। त्यस खानीको उत्खनन गर्ने ३१ करोड डलरको ठेक्का दुई कम्पनी, चाइना अफगानिस्तान र जरवार अफगानिस्तानलाई दिइएको छ। उत्खनन मन्त्रालयले खानीमा आउने रोयल्टीमा सरकारको हिस्सा ५६ प्रतिशत तय गरेको छ।

फलाम कति छ होला ?

अफगानिस्तानसँग फलामको करिब ३ अरब टनको भण्डार रहेको अनुमान छ। अहिलेसम्म अफगानिस्तानको बामियान, पंजशीर, परवान, हेरात, कान्धार, बदख्शां र काबुल प्रान्तमा फलामको भण्डार पहिचान भएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार, देशभरमा फलामको कच्चा धातुको ७२ वटा खानी र खनिज भण्डारहरु छन्। हेरात प्रान्तको घोरयान क्षेत्रमा रहेका भण्डारहरुमा करीब १.८ अर्ब टन फलाम रहेको अनुमान गरिएको छ। 

ग्लोबल मार्केटमा फलामको कच्चा धातुको मूल्य लगभग १०० डलर प्रति टन छ। यस हिसाबले अफगानिस्तानमा फलामको भण्डारको अनुमानित मूल्य ३०० अर्ब डलरभन्दा धेरै छ।

अफगानिस्तानसँग ठूलो तामाको भण्डार पनि रहेको छ। देशमा तामाको भण्डार करिब ३ करोड टन रहेको अनुमान पहिले नै गरिएको थियो। अहिले त्यो भण्डार ६ करोड टन रहेको नयाँ अनुमान गरिएको छ।

अन्तराष्ट्रिय बजारमा १ टन तामाको मूल्य १० हजार देखि १२ हजार डलरको बिचमा रहेको छ। जसअनुसार, अफगानिस्तानको तामाको भण्डारको अनुमानित मूल्य ७२० अरब डलर हुनजान्छ।अफगानिस्तानको लोगार, हेरात, जाबुल, गजनी, सरपुल र बादगीस प्रान्तहरूमा तामाका भण्डारहरु रहेको छ। 

अफगानिस्तानमा करीब १.१ करोड टन आल्मुनियमको भण्डार रहेको अनुमान गरिएको छ। फलामपछि आल्यूमीनियम संसारमा सबैभन्दा बढी प्रयोग हुने धातु हो। निर्माण, यातायात र प्रविधिको क्षेत्रमा धेरै महत्व छ।

विश्व बजारमा आल्यूमीनियमको औसत मूल्य तीन हजारदेखि चार हजार डलर प्रति टनको बिचमा रहेकोले जाबुल, कंधार र बगलानमा निकालिने आल्यूमीनियम भण्डारहरूको कुल मूल्य ३० अर्ब डलर बढी हुने अनुमान गरिन्छ।

सिसा, टिन, टंगस्टन र पारा

अफगानिस्तानमा सीसा, टिन, टंगस्टन र पाराको पनि महत्वपूर्ण भण्डारहरु छन्। कान्धारमा देशकै सबैभन्दा ठूलो सीसा र जस्ताको भण्डार छ । यसको मात्रा करीब ९० हजार टन हुने अनुमान छ।

कान्धारमा टिन र टंगस्टनका भण्डार पनि पाइन्छ । दक्षिण–पश्चिमी अफगानिस्तानमा पाराको भण्डार करिब ३२ हजार टन रहेको अनुमान छ। 

अफगानिस्तान लामो समयदेखि मूल्यवान पत्थरहरू, खासगरी ल्यापिस लाजुली, पन्ना, माणिक र गार्नेटको एक महत्वपूर्ण केन्द्रको रूपमा चिनिन्छ। ती मूल्यवान पत्थरहरूको प्रमुख खानीहरु बदख्शां, पंजशिर, कुनार, नूरिस्तान र काबुलमा छन्।

बदख्शांको ल्यापिस लाजुली र पंजशीर कापाना अन्तर्राष्ट्रिय स्तरमा चर्चित छ। यद्यपि, अफगानिस्तानमा महत्वपूर्ण चट्टानका भण्डारणको सही मात्रा अहिलेसम्म पत्ता लागेको छैन। तर अन्तर्राष्ट्रिय बजारमा पत्थरहरूको मूल्य अरब डलरको अनुमान गरिएको छ। 

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट