Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

विदेश भ्रमणको उपलब्धि महत्वपूर्ण, संख्या होइन : सांसद निशा डाँगी

विदेश भ्रमणको उपलब्धि महत्वपूर्ण, संख्या होइन : सांसद निशा डाँगी

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री एवं सांसद निशा डाँगीले विदेश भ्रमणमा जाने व्यक्तिको संख्या भन्दा भ्रमणबाट देशले हासिल गरेको उपलब्धि महत्वपूर्ण हुने बताएकी छन्।

साेमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विदेश भ्रमणको औचित्य भ्रमणमा सहभागी हुनेको संख्याले नभई त्यसबाट प्राप्त उपलब्धि, देशलाई भएको लाभ र जनताले पाएको प्रतिफलले पुष्टि गर्नुपर्ने धारणा राखेकी छन्।

‘विदेश भ्रमणमा कति जना गए भन्ने भन्दा पनि भ्रमणपछि देशले के उपलब्धि हासिल गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ डाँगीले भनेकी छन्।

उनका अनुसार विदेश भ्रमणलाई संख्याका आधारमा मूल्याङ्कन गर्नुभन्दा त्यसले देशको हितमा कस्तो योगदान पुर्‍यायो र जनताले त्यसबाट के लाभ पाए भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ।
‘भ्रमणको औचित्य संख्या होइन, त्यसबाट प्राप्त उपलब्धि, देशलाई भएको लाभ र जनताले पाएको प्रतिफलले पुष्टि गर्नुपर्छ,’ उनको भनाइ छ।

सत्तारूढ दल रास्वपाका सांसदहरू विदेश जानेको लर्कोप्रति प्रश्न उठेपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट