Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ

सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झ्यान गुवाेइङ रहेका छन्।

प्रहरीका अनुसार उनी आइतबार (कात्तिक २९) बिहान करिब साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आएका थिए। 

उनको गतिविधि शंकास्पद देखिएपछि चेकजाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्र (अन्डरवेयर) भित्र प्लास्टिकले बेरेर लुकाइराखेको अवस्थामा सुनजस्तो देखिने पहेँलो गोलाकार अर्धठोस पदार्थका दुई थान फेला परेको थियो।

उक्त पदार्थको तौल ६३५.९६ ग्राम रहेको प्रहरीले जनाएको छ। भन्सार छली अवैध रूपमा लैजान खोजेको अवस्थामा उक्त पदार्थ बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो।

यस सम्बन्धमा थप जानकारी दिँदै विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट