Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

तनहुँ : अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले स्थानीय १३ घरमा सामान्य क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार बाढीबाट कुनै मानवीय क्षति भने नभएको तथा अहिले पानीको बहाव पनि घटिसकेको छ।

गए राति खोल्सीमा बहाव बढेर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेल नेतृत्वको टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो।

जिल्ला प्रहरी कार्‍यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बाढीको पानी तीनवटा पक्की र  १० वटा कच्ची घरमा पसेको थियो। घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।


 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट