काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले बिचौलिया इनम सापकोटासहित तीन जनाविरुद्ध सात दिन म्याद थप गरेको छ।
अदालतले सापकोटासहित नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसरले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ। प्रहरीले सापकोटालाई असोज १४ मा पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो।
सापकोटामाथि अनुसन्धान गर्दा सम्बन्ध देखिएपछि भट्ट र श्रेष्ठ पनि पक्राउ परेका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij