Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

दूधको मूल्य वृद्धि गर्न मन्त्रालयमा प्रस्ताव पठाउने दुग्ध विकास बोर्डको तयारी

दूधको मूल्य वृद्धि गर्न मन्त्रालयमा प्रस्ताव पठाउने दुग्ध विकास बोर्डको तयारी

काठमाडौँ : राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी)ले दूधको मूल्य पुनरावलोकनसम्बन्धी दुग्ध व्यवसायीबाट प्राप्त सुझावका आधारमा दुधको मूल्य वृद्धि गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयमा लेखि पठाउने भएको छ।

बिहीवार बोर्डको कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले यस्तो बताए।

दूधको मूल्य समायोजन कृषकको लागि समेत संवेदनशील विषय भएको भन्दै उनले उत्पादन लागत, ढुवानी खर्चको समेत अध्ययन गरेर दुधको मूल्य पुनरावलोकन हुनुपर्ने बताए।

उनले भारतमा दूधको मूल्य, किसानको लागत र ढुवानी खर्चको समेत अध्ययन नगरीकन हचुवाको भरमा दूधको मूल्य प्रश्ताव गर्न नसकिने समेत बताए।

उनले दूधको मूल्य निर्धारणका लागि संरचनागत अवधारणा तयार उल्लेख गर्दै सरोकारवालाबाट प्राप्त सुझावलाई समेत त्यसमा समेटेर कृषि मन्त्रालयमा प्रतिवेदन बुझाउने बताए।

उनले दुग्ध क्षेत्रका विद्यमान समस्या समाधानका लागि तत्काल गर्नुपर्ने काम र दीर्घकालीन रूपमा कानुनी व्यवस्था गर्नुपर्ने विषय छुट्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको समेत बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट