Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सोताङ गाउँपालिकाकी उपाध्यक्षले छोराको क्यूआरमा घुस रकम हाल्न लगाएपछि ...

सोताङ गाउँपालिकाकी उपाध्यक्षले छोराको क्यूआरमा घुस रकम हाल्न लगाएपछि ...

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तालिमको प्रशिक्षकसँग काम मिलाइदिएबापत ४५ हजार रूपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ बुनाइ तालिम सम्पन्न भएपश्चात उपाध्यक्ष राईले प्रशिक्षकको रूपमा काम दिलाएबापत उक्त रकम माग गरेकी थिइन् ।

उपाध्यक्ष राईले सो रकम आफ्ना छोरा सुनील नाछिरिङ राईको बैंक खाताको क्यूआर कोडमा हाल्न लगाएको अख्तियारको उजुरीमा उल्लेख छ ।

अनुसन्धानका क्रममा उपाध्यक्ष राईले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गर्दै मिलेमतोमा रकम लिन लगाएको र छोरा सुनीलले आमासँग मिलेर सेवाग्राहीबाट रकम आफ्नो खातामा लिई प्रयोग तथा प्रचलनमा ल्याएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आमासँगै घुस लिने कार्यमा सहयोगी बनेका छोरालाई पनि जनही ४५ हजार बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट