Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कृष्णभीरमा ९० प्रतिशत कार्य सम्पन्न, भोलिदेखि सवारीसाधन सञ्चालन हुने

कृष्णभीरमा ९० प्रतिशत कार्य सम्पन्न, भोलिदेखि सवारीसाधन सञ्चालन हुने

चितवन  : रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोले अवरुद्ध सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार कृष्णभीरको २७० मिटर नवनिर्मित सडकखण्डमा कटिङ, ग्राभेलिङ तथा सब–सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको हो । बाँकी सब–बेसको काम बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी काम भइरहेको कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । रातिको समयमा समेत निर्माण कार्य गर्न फ्लड लाइटको व्यवस्था गरिएको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट