Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

देश बाढीको शोकमा, एआइजी नेतृत्वको टोली देश घुमघाममा

देश बाढीको शोकमा, एआइजी नेतृत्वको टोली देश घुमघाममा

काठमाडौं : भोटेकोशी बाढीका कारण देश यतीबेला राष्ट्रिय शोकमा छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले हजारौं व्यक्तिको ज्यान लिइसकेको छ भने खर्बौंको क्षति पुर्याएको छ ।

सरकारी तथ्यांक अनुसार चार हजार भन्दा धेरै अझै सम्पर्कविहिन छन् । उक्त संख्या अझै बढ्नसक्ने बाढी पीडितहरु नै बताउँछन् । यस्तो अवस्थमा करिब आठ हजार प्रहरी प्रत्यक्ष रुपमा खोज, उद्धार र शव व्यवस्थापनमा खटिएका छन् ।

न्यूनतम स्रोत साधनकै भरमा कतिपय प्रहरीहरुले दिनमा २० घन्टासम्म काम गरिरहेका छन्। विपदमा तीन प्रहरीले ज्यान गुमाएका छन् भने २५ जना अझै सम्पर्कविहिन छन् । यस्तो बेला प्रहरीकै एक टोली भने माला लगाएर देश घुमघाममा व्यस्त छ । एआइजी शिद्धिबिक्रम नेतृत्वको टोली पुलिस ब्याटनको नाममा विभिन्न जिल्ला पुगेर सत्कार लिइरहेको छ । यस्तो संकटको बेला पनि यसरी प्रहरी ब्याटनको कार्यक्रम चलाइएकोमा अनौठो मानिएको छ।

ब्याटन टोलीमा डीआइजी दिनेश आचार्य, एसएसपी मुकुन्द मरासिनी, एसपी मोहन थापा लगायत अधिकारी छन्। हाल सो टोली सूदरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाको भ्रमणमा छ ।
यस्तो टोलीलाई जिल्लामा भव्य स्वागत हुने गरेको छ । आफ्नो जिल्ला राम्रो देखाउन जिल्लाका प्रहरी प्रमुखहरुले चाकडी समेत गर्दै आएका छन् । गत वर्ष जेनजी आन्दोलनका कारण यस्तो अनुगमन बिचमै रद्द गरिएको थियो। यसपटक भने रोकिएको छैन ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नै ब्याटन रोक्न चासो दिएका छैनन् । अझ प्रहरी नेतृत्वले यस्तो बेला कर्मचारीको तलब समेत कटाएर प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्ने निर्णय गरेकोमा पनि प्रहरीको तल्लो तहमा असन्तुष्टि देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट