Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

चीनका लागि नेपाली राजदूत डा. शर्माद्वारा पदभार ग्रहण

चीनका लागि नेपाली राजदूत डा. शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ : चीनका लागि नेपालका नवनियुक्त राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन्।डा. शर्मा आज बेइजिङस्थित ताशिङ अन्ताराष्ट्रिय विमानस्थल पुग्दा चीनका लागि नेपाली उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।


बेइजिङस्थित नेपाली दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार डा. शर्माले आजै दूतावासमा आफ्नो जिम्मेवारी सम्हालेका हुन्। चीन र नेपालबीच राजनीतिक, आर्थिक, व्यापारिक, पूर्वाधार, पारवहन, पर्यटन तथा जनस्तरको सम्बन्धका विविध आयाम छन्।

दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुका साथै आपसी हित र साझा चासोका विषयमा कूटनीतिक संवाद अघि बढाउनु नवनियुक्त राजदूत शर्माको प्रमुख जिम्मेवारी हुनेछ।

शर्माले मंगोलियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij