काठमाडौं : नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जीत हात पारेको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो।चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन्। त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन्। नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन्। त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १/१ विकेट लिए। त्यसअघि ट्स जीतेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको थियो।
नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन्। त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजीत रहिन्। चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे। अब नेपालले भोलि इन्डोनेसियासँग खेल्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij