काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइज हैदरावादले पंजाव किंग्सलाई ३३ रनले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। यो नतिजापछि हैदरावादको ११ खेलबाट १४ अंक भएको । पंजाव भने १० खेलबाट १३ अंकमा दोस्रो स्थानमा छ।
हैदरावादमा भएको खेलमा घरेलु टिमले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय ३५ रन बनाएको थियो। त्यसमा हेनरिक क्लासेनले ४३ बलमा ६८ रन र इसान किसनले ३२ बलमा ५५ रन बनाएका थिए। जवाफमा कुपर कोलनीले नटआउट रहेर १ सय ७ रनको शतकीय इनिङ्स खेले पनि पंजावले सात विकेटमा २ सय २ रन मात्र बनाउन सक्यो।
कोलनीले ५९ बलमा सात चौका र आठ छक्का प्रहार गरे। उनलाई अरू ब्याटरले भने बलियो साथ दिन सकेनन्।प्रतियोगिता अन्तरगत आज लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij