Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

आईपीएल क्रिकेटमा पञ्जावको पहिलो हार

काठमडौँ  : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ६ विकेटले हराएको छ । २२३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

राजस्थानको जीतमा डोनोभन फेरेइराको अविजित ५२ रन र यशस्वी जैसवालको ५१ रनको योगदान महत्त्वपूर्ण रह्यो । शीर्षस्थानमा रहेको पञ्जाब किंग्सको यो सिजनको पहिलो हार हो । हिजो बेलुका न्यु चन्डीगढमा पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका मार्कस स्टोइनिसले ६२ रन र प्रभासिम्रन सिंहले ५९ रन बनाए पनि जीतका लागि पर्याप्त भएन । 

जीतसँगै राजस्थान अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आईपीएलमा आज बेलुका पौने ८ बजे वानखेडेमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादले खेल्दैछन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट