भारत : पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो।
मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक धर्नामा बसेका काङ्ग्रेस नेता-कार्यकर्तालाई प्रहरीले उठाएर लगेको छ। पक्राउ पर्नेमा विपक्षी दलका नेतासमेत रहेका राहुल गान्धीसहित प्रियंका गान्धी, अध्यक्ष मल्लिकार्जुन खड्के, अखिलेश यादवलगायत रहेका छन्।
तीन घण्टासम्म चलेको धर्नाका क्रममा सरकारले राहुल गान्धीसँग दुई पटक वार्ता गरे पनि उनी आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि १०० भन्दा बढी प्रहरी घटनास्थलमा पुगेका थिए। काङ्ग्रेस नेता–कार्यकर्ताले घेरा बनाएर राहुलसम्म प्रहरी पुग्न नदिने प्रयास गरेका थिए।
करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो। प्रहरीले लाठीचार्जसमेत गरेको थियो। अन्ततः एक दर्जनभन्दा बढी प्रहरीको टोलीले नेताहरूलाई नियन्त्रणमा लिएको हो।
भारतीय कांग्रेसले विशेष गरेर कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिट र धरपकडप्रति गम्भीर विमतीसहित धर्ना सुरु गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij