Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडाैँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तेस्राे पटक सर्वदलीय बैठक बाेलाएका छन्। भाेलि(भदाै ३१) काे बैठकमा शीर्ष नेताहरूलाई बाेलाइएकाे छ।

यसअघि लामिछानेले गत भदाै १० र १६ गते सर्वदलीय बैठक बाेलाएका थिए। भदाै १० गते बाेलाइएकाे बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल भएकाे थियाे।

भदौ १० गते सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै अर्काे बैठक(भदाै १६) गते बाेलाइएकाे बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए। 

भोटेकोशीमा आएको अप्रत्याशित र विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा सङ्कल्प पारित भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट