Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

इरानी सेनाको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु

इरानी सेनाको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु

काठमाडौं  : जोर्डनमा इरानले गरेको ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमणमा शुक्रबार दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना सैनिक अझै बेपत्ता भएका छन् । जुन घटनाको आधिकारी पुष्टि अमेरिकी सैन्य अधिकारीहरूले गरेका हुन् । 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकप) का अनुसार, आक्रमणमा घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो, जसमध्ये सामान्य चोट लागेका सैनिकहरू भने पुनः आफ्नो ड्युटीमा फर्किएका छन् । सुरक्षा संवेदनशीलता र परिवारको सम्मानका लागि अमेरिकी सेनाले मृतकहरूको पहिचान र घटनास्थलको विस्तृत विवरण अहिले सार्वजनिक गरेको छैन ।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले शनिबार राति इरानमाथि पुनः हवाई हमला गरेको छ । सेन्टकपका अनुसार लगातार आठौँ रात गरिएको यस सैन्य कारबाहीको मुख्य उद्देश्य हर्मुज स्ट्रेट (जलडमरुमध्य) मा व्यावसायिक जहाजहरूका लागि खतरा पैदा गर्ने इरानको सैन्य क्षमतालाई कमजोर पार्नु हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट