Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

फिलिपिन्समा ल्यान्डफिल साइडमा पहिराे खस्दा १ जनाको मृत्यु, ३८ जना बेपत्ता

मनिला : फिलिपिन्समा फोहोर व्यवस्थापनस्थलमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सेबु सहरको बिनलिउ ल्यान्डफिलमा पहिरो जाँदा उक्त घटना भएको हो । साे घटनामा ३८ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । फोहोरको थुप्रोमा पुरिएर घाइते भएका १२ जना सरसफाइ कर्मचारीलाई उद्धारकर्मीहरूले निकालेको बताइएको छ ।

उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । निजी स्वामित्वमा रहेको यो ठाउँमा सरकारी एजेन्सी र नागरिक समाजबाट झन्डै ३०० जना खटाइएको थियो ।

घटनास्थलमा कयौँ एक्जाभेटर, एम्बुलेन्स र दमकल देखिएका छन् । यो घटना अचानक भएको भए पनि फोहोर व्यवस्थापनमा लापरबाही यसको मुख्य कारण हुनसक्ने सेबु नगरका काउन्सिलर जोएल गार्गानेराले बताएका छन् । फोहोर व्यवस्थापन कम्पनीले फोहोर थुपार्नका लागि पहाड काटेर माटो निकालिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट