चितवन : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउँदै हुनुहुन्छ ।
प्रचण्डले अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवन जिल्ला शाखाको अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यससँगै उहाँले जिल्लामा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमको स्थलगत अवलोकनसमेत गर्नुहुनेछ ।
चितवन भ्रमणका क्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिस्ट पार्टी चितवनले जनाएको छ ।
पार्टीका अनुसार भ्रमणका क्रममा संगठनात्मक गतिविधि तथा जिल्लाका समसामयिक विषयमा समेत छलफल हुनेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij