Logo

Aug 12 2026 | २०८३, श्रावण २७गते

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

भारतमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु

तेलङ्गाना : भारतमा भएका दुई वटा छुट्टा–छुट्टै सडक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

भारतको दक्षिणी राज्य तेलङ्गानामा मालबहाक गाडीले तिन पाङ्ग्रे सवारीमा ठक्कर दिँदा पाँच जना महिलासहित ६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

यसैबिच, भारतको मध्य प्रदेशमा भरिएको नालाले यात्रु बहाक गाडी बगाउँदा एउटै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको जनाइएको छ । एक जना स्थानीय अधिकारीले यस क्षेत्रमा भारी वर्षा भएको कारण नाला भरिएको जनाएका छन् । गाडीमा रहेका ११ जना मध्ये दुई जना पौडी खेलेर सुरक्षित स्थानमा पुग्न सफल भएको समेत उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij