Logo

Aug 11 2026 | २०८३, श्रावण २६गते

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौं : कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ८७ भन्दा बढी घाइते भएका छन्। 

कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन्।

भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएको थियो।

भूकम्पका कारण एक हजार ५७५ भन्दा बढी घरमा क्षति पुगेको छ । तीमध्ये ३७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्। ६१ वटा भवन भत्किएका छन्। १८ वटा स्वास्थ्य केन्द्र र ५२ वटा विद्यालयमा पनि क्षति पुगेको छ।

संरचनात्मक क्षतिको मूल्यांकन गर्न काली, परेरा, मनिजालेस, किब्डो, आर्मेनिया र कार्टागो लगायत कम्तीमा ६ वटा विमानस्थलमा उडान सेवा पूर्ण रूपमा स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट