Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एस्टन भिल्लाले ४४ वर्षपछि जित्यो युरोपा लिग

एस्टन भिल्लाले ४४ वर्षपछि जित्यो युरोपा लिग

काठमाडौं : एस्टन भिल्लाले आफ्नो ३० वर्षको उपाधि खडेरी तोड्दै युरोपा लिगको उपाधि जितेको छ। गएराति इस्टानबुलमा भएको फाइनलमा जर्मन प्रतिद्वन्द्वी फ्रेबर्गलाई सजिलै ३–० ले पराजित गर्न उपाधि हात पार्‍यो।

इंग्लिस प्रिमियर लिग क्लबका लागि योरी टेलेमन, इमिलिनो बुन्डेआ र मोर्गन रोजर्सले एक एक गोल गरे। भिल्लाले अन्तिम पटक सन् १९९६ मा लिगकप जितेको थियो। यस्तै भिल्लाले ४४ वर्षको अन्तरमा पहिलो पटक युरोपेली उपाधि हात पारेको हो।

त्यति बेला सन् १९८२ मा भिल्लाले युरोपियन कप जितेको थियो। भिल्लाका स्पेनी प्रशिक्षक उनई एमरीले भने युरोपा कप जितेको यो व्यक्तिगत रूपमा पाँचौं पल्ट हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट