काठमाडौंः कप्तान शुभमन गिलको विष्फोटक ब्याटिङ मद्दतमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)माथि रोमान्चक जित दर्ता गरेको छ। शुक्रबार राति अहमदाबादमा भएको खेलमा गुजरातले कोलकातालाई ५ विकेटले पराजित गरेको हो।
कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो। गुजरातको जितमा नायक बनेका गिलले ५० बलमा ८६ रनको सानदार इनिङ खेले। उनी ‘प्लेयर अफ द म्याच’ चुनिए। अन्तिम ओभरसम्म तन्किएको रोमान्चक भिडन्तमा गुजरातले २ बल बाँकी छँदै जित हात पारेको हो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १८० रन बनाएको थियो। मध्यम योगफल रक्षा गर्ने क्रममा कोलकाताका बलरले कसिलो बलिङ गरेपनि गिलको ब्याटिङसामु त्यो पर्याप्त हुन सकेन।
जितसँगै गुजरात टाइटन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित कोलकाता तालिकाको पुछारमा सीमित छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij