Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गोठमा मृत भेटिएकी महिलाको हत्या आफ्नै पतिबाट भएको खुलासा

गोठमा मृत भेटिएकी महिलाको हत्या आफ्नै पतिबाट भएको खुलासा

धनगढी : आफ्नै गोठमा मृत भेटिएकी महिलाको हत्या श्रीमान्बाटै भएको खुलेको छ ।होलीको दिन गत हप्ता मंगलबार कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा ५० वर्षीया मानादेवी चौधरी आफ्नै गोठमा मृत फेला परेकी थिइन् ।शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकी चौधरीको हत्या उनका श्रीमान् ५५ वर्षीय प्रेमलाल चौधरीले गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
आमाको हत्यापछि उनका छोरा मगरु चौधरीले बुबाविरुद्ध कारबाहीको माग गर्दै कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट