काठमाडौं : प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् । उनी २८०१५ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे १२८१८ मत प्राप्त गरेका छन्। घिमिरे कांग्रेसका महामन्त्री हुन्। ३४ वर्षीय राजवंशीले पत्रकारिता र राजनीति शास्त्रमा स्नातक गरेका छन्। कुनै समय नेपाल टेलिभिजनको रिपोर्टर, कार्यक्रम निर्माता तथा प्रस्तोता रहेका थिए।
उनीसँग कोशी, विराटनगर र रोडियो जाग्रितिमा कार्यक्रम निर्माता तथा प्रस्तोता भएको अनुभव छ। अल्पसङ्ख्यक राजवंशी समुदायको प्रतिनिधित्व गर्दै उनी रास्वपाबाट संसाद निर्वाचित भएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij