काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर-१ को अन्तिम मतपरिणाम आइसकेको छ । जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी ६ हजार ३६४ मतसहित कांग्रेस उम्मेदवार प्रबल थापा क्षेत्री दोस्रो र ३ हजार ९७२ मतसहित मिश्र तेस्रो भए ।
यो निर्वाचन क्षेत्रबाट नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही पनि उठेका थिए । जुत्ता चुनाव चिह्न भएका शाही तिनै व्यक्ति हुन्, जो जेनजी आन्दोलनपछि विभिन्न सरकारी कार्यालय जाँदै धम्कयाउने गर्थे । आफूहरूले जेनजी आन्दोलन गरेको भन्दै गैरकानुनी रूपमा सरकारी कार्यालय अनुगमन गर्ने र कर्मचारीहरूलाई धम्की दिने गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij