Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा आयोग विश्वस्त

प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न हुनेमा आयोग विश्वस्त

काठमाडाैँ :  निर्वाचन आयोगका सचवि कृष्णबहादुर राउतले देशभर शान्तिपूर्ण रूपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त रहेको बताएका छन्।बुधबार सचिव राउतले यस्तो बताएका हुन् ।  उनले मतदान प्रक्रिया सम्पन्न जनशक्ति परिचालन, सुरक्षा व्यवस्था र अन्तरनिकाय समन्वय लगायतका सबै तयारी पूरा भएको समेत बताए । सचिव राउतका अनुसार निर्वाचन सम्पन्न गर्न करिव दुई लाख १५ हजार कर्मचारी तथा झन्डै साढे तीन लाख सुरक्षाकर्मी देशभर परिचालित छन् ।

उनले हालसम्मको सुरक्षा विश्लेषणअनुसार कुनैपनि मतदान केन्द्रमा असहज अवस्था सिर्जना हुने संकेत नदेखिएको समेत बताए । आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको भन्दै उनले केन्द्रले देशभरको सुरक्षा अवस्थाको निगरानी गर्दै आवश्यक निर्देशन तथा सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट