Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ

ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ

काठमाडौँ :  ज्योतिषी रुद्रनाथ अधिकारीलाई गिरफ्तार गरिएको छ।ग्रहण लाग्ने समयको तिथिमिति आसपासमा चुनाव गर्ने मिति तोकिएको र उक्त मितिमा चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्वाणी गरेका उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो।

उनलाई आइतबार बिनापूर्जी मच्छेगाउँस्थित उनको घरबाट पक्राउ गरिएको उनको परिवारले जानकारी दिएको छ। उनकी श्रीमती लक्ष्मी अधिकारीले दिएको जानकारी अनुसार १० मिनेट कुरा गर्नु परो भनेर लिएर गएको र साँझ उनलाई पठाउन नमिल्ने भएको र सम्मानका साथ उनलाई राखिने भनेर प्रहरीले खबर गरेको जानकारी दिइन्।

उनलाई पक्राउ गर्दा अदालतहरु बन्द भएकाले न्यायिक प्रक्रिया अघि बढको थिएन। परिवारले उनको न्यायका लागि लड्ने बताएको छ। साथै उनको पक्राउको विरोध ज्योतिषीहरुले गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट