चितवन : नारायणी नदीमा प्रस्तावित सिग्नेचर पुल निर्माणको काम अगाडि नबढेपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेक्का तोड्ने चेतावनी दिएका छन् ।पुल निर्माणस्थलको अवलोकन गर्न पुगेका मन्त्री लम्सालले पुल निर्माणको भौतिक प्रगति ज्याँदै कम देखेपछि ठेक्का तोड्ने धम्की दिएका हुन् ।‘यो ठेकेदारले देशभरीका प्रोजेक्ट यस्तै बनाएर राखेको छ, एकसर्टमा सबै टर्मिनेट गरिदिने हो,’ मन्त्री लम्सालले भने, ‘यस्ताले देशलाई नै क्रोनिक बनाउछन् । अर्कोपटक आउँदा कि तालिकामा काम हुनुपर्यो या ठेक्का तोडेको हुनुपर्छ ।’पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको देशभरीका प्रोजेक्टको प्रगति विवरण तयार गर्न पनि निर्देशन दिए ।
नारायणी नदीमा निर्माणाधीन नयाँ पुलको काम महिनौंदेखि ठप्प बनेको छ । भोटेकोशी र बुढीगण्डकी नदीमा बाढी आएपछि पुलको काम रोकिएको हो ।पुल निर्माणको ठेक्का तुन्दी कन्स्ट्रक्सनले लिएको छ । तुन्दीले डिजाइन एन्ड विल्डको आधारमा ठेक्का लिएको थियो । जसको म्याद सकिन अब ६ महिना मात्र बाँकी छ ।पुल सेक्टर पोखराका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सीडीई) कृष्णराज अधिकारीले नारायणी नदीमा बाढी आउन थालेपछि ठेकेदारले काम रोकेको बताए । तुन्दी कन्स्ट्रक्सन प्रालिले मूल्यअभिवृद्धि करसहित एक अर्ब ६८ करोड ७६ लाख २३ हजार तीन सय ५४ रुपैयाँमा पाएको हो ।
चार वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि सो कम्पनीसँग सन् २०२३ जुन २ (२०८० साल जेठ १९ गते) मा सम्झौता भएको थियो ।आगामी जेठमा निर्माणको म्याद सकिँदै छ । तर, अहिलेसम्म पुल निर्माणको कामले गति लिन सकेको छैन । हालसम्म ३ प्रतिशत मात्रै निर्माण प्रगती भएको बताइएको छ ।पुल सेक्टर कार्यालय पोखराका प्रमुख अधिकारीले वर्षाका कारण रोकिएको निर्माण छठ सकिएपछि पुन: सुरु हुने बताएपछि काम सुरु भएको छैन ।
नारायणी नदीमाथि निर्माण हुने यो पुल ४ सय २० मिटर लामो हुनेछ । नयाँ बन्ने सिग्नेचर पुल साढे सात मिटर फराकिलो हुनेछ । त्यसमा दुईवटा लेन र साढे तीन मिटरको फुटपाथ हुनेछ ।सिग्नेचर बिज्र भएको हुनाले दुई छेउमा मुख्य आकर्षक दुई पिलर रहनेछन् । दुई पिलरबीच २१० मिटरको दूरी हुनेछ ।जम्मा चार वटा पिल्लर रहने यस पुलको तलबाट साना पानीजहाज आवतजावत गर्न मिल्ने गरी डिजाइन तयार थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij