Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

बीपी प्रतिष्ठानमा बिरामीलाई बिचौलियाबाट जोगाउन गृहमन्त्रीको निर्देशन

बीपी प्रतिष्ठानमा बिरामीलाई बिचौलियाबाट जोगाउन गृहमन्त्रीको निर्देशन

सुनसरी : गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको उपचार, सुरक्षा र स्वास्थ्य सेवामा बिचौलियाको प्रभावबारे चासो व्यक्त गरेका छन्।

प्रतिष्ठानको अनुगमनका क्रममा उनले उपचारका लागि आउने बिरामीले सहज र सुरक्षित रूपमा स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित गर्न निर्देशन दिएका हुन्। गुरुङले बिरामीको हित, स्वास्थ्य सेवाको सहजता र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए।

विशेषगरी बिचौलियाले बिरामीलाई अन्य अस्पतालमा लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न उनले जोड दिए।

अनुगमनका क्रममा उपकुलपति प्राडा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, सेवा सुधारका लागि भइरहेका प्रयास तथा आगामी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट