चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको चौथो संस्करण आयोजना गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्रता दिने तयारी गरेको छ ।भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रंगशालाको स्थलगत अवलोकन गर्दै निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।
अवलोकनका क्रममा मन्त्री लम्सालले एनपीएलको चौथो संस्करणसमेत यही मैदानमा आयोजना गर्न सकिने गरी आवश्यक पूर्वाधार तयार पार्न निर्देशन दिएका हुन ।रंगशालाको निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने वातावरण बनाउने उद्देश्यसहित मन्त्रीले चासो देखाएका छन ।यदि निर्धारित योजनाअनुसार पूर्वाधार तयार भएमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले एनपीएल आयोजना गर्ने अवसर पाउनेछ । तर चौथो संस्करण यही मैदानमा हुने विषय भने अहिले तयारी र निर्देशनकै चरणमा रहेको छ ।