Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

मंसिर १३ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

मंसिर १३ गतेदेखि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

चितवन :  नारायणगढ–मुग्लिन सडकखण्डमा मंसिर १३ गतेदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै तुइनखोला सडक खण्डमा पहिरो रोकथामको कामलाई अगाडि बढाउने क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गरी सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

सूचनाअनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

यस अवधिमा काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा आउने सवारीसाधनको आवागमन भने सुचारु रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यस निर्णयबाट पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमायाचना गरेको छ ।

dc95b2b7-d25a-48b9-b775-97cf6daccfa6.jfif

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट