Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

चितवन मेडिकल कलेज सामाजिक सुरक्षा कोषद्वारा सम्मानित

चितवन मेडिकल कलेज सामाजिक सुरक्षा कोषद्वारा सम्मानित

चितवन :  सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८२/८३ मा श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराएको र नियमित योगदान रकम जम्मा गरे वापत चितवन मेडिकल कलेज (सिएमसी) लाई सम्मान गरेको छ । शिक्षा सम्बन्धी क्षेत्रबाट नियमितता सहितको सबैभन्दा बढी योगदानकर्ता र योगदान रकम जम्मा गर्ने रोजगारदाता बन्न सफल भएकोमा सिएमसीलाई सम्मान गरिएको हो ।कोषले श्रमिकको संख्या र योगदान रकमका आधारमा विभिन्न सात क्षेत्रका उत्कृष्ट संस्थालाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेको छ । शिक्षा क्षेत्रबाट श्रमिक आबद्धता र योगदान रकम दुवै आधारमा चितवन मेडिकल कलेज उत्कृष्ट भएको छ ।

सम्मानपत्रमा भनिएको छ “नवौं सामाजिक सुरक्षा दिवस, २०८३ को अवसरमा कोषमा सूचीकृत भई आ.व. २०८२ /०८३ मा शिक्षा सम्बन्धी क्षेत्रबाट नियतता सहितको सबैभन्दा बढी योगदानकर्ता र योगदान रकम जम्मा गर्ने रोजगारदाता बन्न सफल हुनु भएकोमा श्री चितवन मेडिकल कलेज लिमिटेडलाई यो सम्मान–पत्र प्रदान गरिएको छ ।”कोषले सिएमसी सहित ११ रोजगारदाता संस्थालाई सम्मान गरेको छ । अन्य सेवा क्षेत्रबाट श्रमिक आबद्धतामा इन्फोटेक सर्भिस प्रालि र योगदान रकममा गोर्खा वेलफेयर ट्रस्ट सम्मानित भएका छन् । सम्मानित संस्थामा भाटभटेनी सुपरमार्केट, डाबर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, लक्ष्मी सनराइज बैंक रहेका छन् । । सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले श्रमिक आबद्धता र योगदान रकमका आधारमा उत्कृष्ट रोजगारदाता छनोट गरेको हो ।

औद्योगिक उत्पादन क्षेत्रबाट सबैभन्दा बढी श्रमिक आबद्ध गराउने अरिहन्त मल्टिफाइबर्स लिमिटेड र सबैभन्दा बढी योगदान रकम जम्मा गर्ने डाबर नेपाल सम्मानित भएका छन् । थोक तथा खुद्रा व्यापार क्षेत्रका दुवै विधामा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर उत्कृष्ट भएको छ । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रका दुवै विधामा गरुड सेक्युरिटिज प्रालिले सम्मान पाएको छ ।वित्तीय तथा बिमा क्षेत्रबाट योगदान रकममा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र श्रमिक आबद्धतामा लक्ष्मी सनराइज बैंकले सम्मान पाएका छन् । मानव स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रबाट श्रमिक आबद्धतामा विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र योगदान रकममा सेभ द चिल्ड्रेन इन्टरनेसनल सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट