Logo

Nov 27 2026 | २०८३, मंसिर १२गते

गृहमन्त्रीको बिहेमा बालेन र रवि गोरखा जाने तयारी, मन्त्रीहरूलाई बोलाइएन

गृहमन्त्रीको बिहेमा बालेन र रवि गोरखा जाने तयारी, मन्त्रीहरूलाई बोलाइएन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको विवाहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने करिब निश्चित भएको छ । पार्टी सभापति रवि लामिछानेले पनि बिहेमा आउने वचन दिएका छन् ।गुरुङले प्रधानमन्त्री र सभापति दुवैलाई भेटेरै बिहेको निम्तो दिएका थिए । सभापति लामिछानेलाई उनले अस्ति बूढानीलकन्ठस्थित निवासमा पुगेर भेटेका थिए ।

यस्तै, प्रधानमन्त्री शाहसँग हिजो राति भेट गरेको स्रोतले बताएको छ । उनीहरू दुवैले अरु कार्यक्रम पन्छाएर भए पनि बिहेमा आउने वचन दिएका छन् ।गुरुङले सरकारका अन्य मन्त्रीहरूलाई भने नबोलाउने भएका छन् । यसअघि बोलाउने तयारी गरे तापनि अहिले उनले मनस्थिति बदलेका हुन् ।गुरुङको आज काठमाडौंमा ईंगेजमेन्ट भइरहेको छ । धेरै वर्षअघि अदालति विवाह गरेका गुरुङ अहिले औपचारिक विवाह वन्धनमा बाँधिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट